दफा १४
कार्यकारी प्रमुखको नियुक्ति
: (१) बोर्डको प्रशासकीय प्रमुखको रूपमा दैनिक कार्य सञ्चालन गर्नको लागि समितिले कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी पर्यटन क्षेत्रमा कम्तिमा दश वर्षको अनुभव प्राप्त गरेको व्यक्तिलाई बोर्डको कार्यकारी प्रमुखको पदमा नियुक्ति गर्नेछ ।
(२) कार्यकारी प्रमुखको पदावधि चार वर्षको हुनेछ र निज पुन बढीमा चार वर्षको लागि नियुक्त हुन सक्नेछ ।
(३) उपदफा (१) बमोजिम नियुक्त कार्यकारी प्रमुखको पारिश्रमिक, सुविधा र सेवाका शर्तहरू तोकिए बमोजिम हुनेछ ।
(४) यस दफामा माथि जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी प्रमुखले बोर्डलाई हानी नोक्सानी पु¥याई बोर्डको हित विपरीत हुने गरी काम कारवाही गरेमा वा समितिको नीति निर्देशन अनुरूप कार्य सम्पादन नगरेमा समितिले तोकिएको प्रकृया अपनाई निजलाई कार्यकारी
प्रमुखको पदबाट हटाउन सक्नेछ ।
तर यसरी पदबाट हटाउनु अघि कार्यकारी प्रमुखलाई आफ्नो पक्षमा सफाई पेश गर्ने उचित अवसर प्रदान गर्नु पर्नेछ ।